पुलीमा श्रीदेवीको राजकुमारी रुप


चेन्नई । तमिल सुपरस्टार विजयको फिल्म ‘पुली’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा अभिनेत्री श्रीदेवी राजकुमारीको भूमिकामा देखिँदैछिन् । ११४ सेकेण्डको ट्रेलरमा श्रीदेवीलाई हलिउड फिल्म ‘मेलफिसिएण्ट’मा अभिनेत्री एञ्जेलिना जोलीको जस्तै रुपमा प्रस्तुत गरिएको छ ।Shree Devi

ट्रेलरमा विजयलाई आम मानिसलाई बचाउने व्यक्तिका रुपमा देखाइएको छ । फिल्ममा एक्सन र रोमान्सको फ्युजन रहेको छ । यो फेन्टासी ड्रामामा श्रुति हसन र हंसिका मोटवानी पनि देखिनेछिन् । चिम्बु देवनले निर्देशन गरेको फिल्ममा देवी श्रीप्रसादले संगीत दिएका छन् । फिल्म १७ सेप्टेम्बरमा रिलिज हुँदैछ ।

SUBSCRIBE 👉