अभिनेता आर्यन अधिकारी र अभिनेत्री मरिष्का पोख्रेलको जोडी अहिले फिल्म ‘के म तिम्रो होइन र’को कारण चर्चामा छन् । फिल्ममा यी दुइको जोडीलाई दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।
आर्यनको सिक्स प्याक शरीर र एक्सन, अनी मरिष्काको अभिनय र आकर्षक फिगरका कारण यी दुइलाई दर्शकले नोटिस गरिसकेका हुन् ।
फिल्म ‘के म तिम्रो होइन र’मा आर्यन र मरिष्काले लीप किस पनि दिएका छन् । हुनत, फिल्म भित्र ५ वटा यस्ता किस छन् । तर, ३ वटा मात्र लिप किस भएको आर्यन र मरिष्काले खुलाए ।
आर्यनलाई मरिष्काले राम्रो किसरको रुपमा संज्ञा दिइन् । आर्यनले पनि मरिष्कालाई राम्रो किसर भने । तर, धेरै मान्छेको अगाडि किस गर्नुपर्ने भएकाले पनि एकान्तमा गरे जस्तो फिल नआउने आर्यनको भनाई छ । निर्देशक आकाश अधिकारीले ‘के म तिम्रो होइन र’ हिट हुनेमा कुनै शंका नै नभएको बताउाछन् ।