चितवनमा निखिल र निताको ‘निर्भय’


निखिल उप्रेती र निता ढुंगाना अभिनित चलचित्र ‘निर्भय’को छायाँकन हाल चितवन, सौराहा स्थित बाघमारा सामुदायिक वनको आसपासमा भई रहेकोछ।चलचित्रको ८० प्रतिशत छायाँकन काठमाडौंमा भएको थियो। काठमाडौँको सेड्युल सकेर चलचित्र निर्माण युनिट बाँकि छायाँकन गर्न चितवन पुगेको हो। हाल चलचित्रको एक्शन दृश्यहरु छायाँकन भईरहेको छ भने चलचित्र कै एक गीतको सुटिंग पनि चितवनमा नै गरिने बताईएको छ।

Nikhil Upreti Nita Dhungana Nirbhaya

चलचित्रमा निखिल उप्रेती संगै नीता ढुंगाना, शुशिल पोखरेल, विकास चापागाई, विशाल पहाडी, कृष्ण शिवाकोटी, प्रदिप ढकाल, प्रज्ज्वल गिरी, रश्मि भट्ट लगायतका कलाकारहरुको अभिनय रहेको छ। मधुसुदन भट्टराईले निर्देशन गरिरहेको यो चलचित्रको निर्माता देवी प्रसाद पाण्डे हुन्।

यसरि खिचिदै छ चितवनमा निखिल र निताको ‘निर्भय’
तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रसिद्धि सिने आर्ट्सको पहिलो प्रस्तुतिमा निर्माण भईरहेको यो चलचित्रमा यम थापाको लेखन, रामशरण उप्रेतीको छायांकन, अर्जुन पोखरेल र ताराप्रकाश लिम्वुको संगित, रामजी लामिछानेको नृत्य, हिमाल केसीको द्वन्द निर्देशन छ ।

SUBSCRIBE 👉