ट्यालेन्ट सो – मिस टिन अफ द इयर २०१६


रिवन इन्टरटेनमेन्ट प्रालिलेे मिस टिन अफ द इयर २०१६ को दोस्रो संस्करण अन्तर्गत शनिबार राजधानीमा ट्यालेण्ट राउण्ड आयोजना गर्यो। प्रतियोगिताका सहभागिहरुले मिस टयालेण्ट उपाधिका लागि आफुभित्र लुकेका प्रतिभा प्रदर्शन गरे।

Miss-Teen-Of-The-Year-2016-Talent-Show-1

प्रतियोगिताका प्रतिस्पर्धीहरुले ट्यालेण्ट राउण्डमा गायन, नृत्य, बक्तृत्वकला, एंकरिङ, गजल, शास्त्रीय र आधुनिक ,चित्रकलालगायतका आफुमा निहीत प्रतिभा प्रदर्शन गरे। प्रतियोगितामा सहभागी युवायुवतीले विभिन्न अवसरसमेत हासिल गर्ने आयोजक निशु झाले बताएका छन्।

Miss-Teen-Of-The-Year-2016-Talent-Show-2

अश्विनी झाको कोरियोग्राफीमा हुने प्रतियोगिताको अन्तिम स्पर्धामा कुल २९ जना युवायुवतीले स्पर्धा गर्दैछन्। नाचघरमा साउन ३० गते आइतबार यो प्रतियोगिताको अन्तिम स्पर्धा हुनेछ।

ट्यालेन्ट राउण्डमा अभिनेत्री सुभेक्षा थापा, शिक्षा वद सुदन डोटेल, कोरियोग्राफर अश्विनी झा र सञ्चारकर्मी तथा गीतकार सरोज प्याकुरेल निर्णायकका रुपमा रहेका थिए।

SUBSCRIBE 👉