वीर विक्रम हिरोईन काठमाडौँमा, निर्देशकले भने – अब व्यापक हुन्छ!


प्रतिक्षित चलचित्र “वीर बिक्रम” नायीका काठमाडौँ आईपुगेकी छिन्। लन्डनमा बस्दै आएकी नायिका दिया पुन आफु अभिनित चलचित्र ‘वीर बिक्रम’को प्रचार प्रसारलाई तिब्रता दिन आमाको साथमा नेपाल आइपुगेकी हुन्। मिलन चाम्स निर्देशित यो चलचित्र भदौ ३ गतेबाट अल नेपाल रिलिज हुँदैछ।

Milan-Chams-Deeya-Pun-Bir-Bikram

नायीकालाइ स्वागत गर्न निर्देशक चाम्स एअरपोर्ट पुगेका थिए। निर्देशक चाम्सले “वीर विक्रम” प्रिन्टेड टि-सर्ट दिदै नायिकालाई स्वागत गरे। नायिकाकको आगमन सँगै निर्देशक चाम्स उत्साहित देखिएका छन्। उनले भने – “हिरोईन आईपुगिन, अब व्यापक हुन्छ।” मिडिया सँग कुरा गर्दै नायिका दियाले यो चलचित्रबाट आफु निकै आशाबादी रहेको बताईन्। दियाले यो चलचित्रमा आफुले सक्दो राम्रो काम गरेको र हेरेर प्रतिक्रिया दिन दर्शकहरुलाई अनुरोध समेत गरिन।
भिडियो हेर्नुहोस्

यो चलचित्रमा दिया संगै दयाहाङ्ग राई, अनुप बिक्रम शाही, अर्पण थापा, नजिर हुसेन लगाएतका कलकारहरुले अभिनय गरेका छन्। चलचित्रका सार्बजनिक ट्रेलर र गीतहरुले दर्शकहरुको राम्रो प्रतिक्रिया पाईरहेको छ।

SUBSCRIBE 👉