क्यारेङ ग्याङ रिटन्र्स निर्माण हुने


करिब सात वर्ष अघि निर्माण भएको चलचित्र ‘क्यारेङ ग्याङ’ को सिक्वेल ‘क्यारेङ ग्याङ रिटन्र्स’ निर्माण हुने भएको छ। मधु क्षेत्री र लिजा तामाङले यो चलचित्र निर्माण गर्न लागेका हुन्। चलचित्रमा राजु लामाको कथा र निर्देशन रहनेछ। लिजा लक्ष्मी मुभीको छैटौ प्रस्तुतीका रुपमा निर्माण हुन लागेको यो चलचित्रमा अजु लामा नयाँ गेट अपमा देखिन लागेको निर्देशक राजु लामाले बताएका छन्।

Carreng+Gang

यो चलचित्रमा लक्ष्मी खड्का तामाङको संवाद / पटकथा, राजु किरातको द्वन्द रहने छ। सारीका घिमिरे, अजु लामा, सन्ध्या महर्जनको मुख्य भुमिकाकालागि पक्का भइसकेका छन् भने राजेश हमालको पनि यो चलचित्रमा अभिनय रहने लगभग पक्का भईसकेको बताईएको छ।

चलचित्रमा ५ गीत समावेश गर्न लागिएको छ। ‘भ्याकेन्सी खाली छ…..’, ‘दिल मायासाग दिल छैन…’ र ‘रातो भाले…’बोलको गीतहरु रेकर्ड भईसकेका छन्। माण्डवी क्रिपाठी, सञ्जु अमात्य, र मेलिना राईको स्वर, सञ्जु प्रलाद र गणेश सुवेदीको गीत, प्रलाद भक्त संग्रौला, राजीव शाह र दीपक रमणको संगीत रहेको छ। चलचित्र मंसिरबाट फ्लोरमा जाने जानकारी दीइएको छ।

SUBSCRIBE 👉