राखीको सेक्सी पहिरनमा मोदीको तस्वीर


बलिउड आइटम गर्ल राखी सावन्तले नरेन्द्र मोदीको तस्बिर प्रिन्ट गरेर पहिरन डिजाइन गरेकी छिन्। मोदीको तस्बिर प्रिन्टेड कपडा लगाएकी राखीको तस्वीरले अहिले सामाजिक संजालहरुमा स्थान पाइरहेको छ।

Rakhi-Modi-Outfit-1

अमेरिकाको सिकागो शहरमा आयोजना भएको कार्यक्रममा पुगेकी राखीको पहिरनले धेरैको ध्यानाकर्षण गर्यो। उक्त पहिरनलाई लिएर अहिले सामाजिक संजालमा चर्चा परिचर्चा भईरहेको छ।

Rakhi-Modi-Outfit-2

राखीले प्रधानमन्त्री र मिडियाको ध्यान खिच्नका लागि यो हर्कत गरेको अनुमान लगाउन सकिन्छ। राखी यस्ता किसिमका हर्कत गर्न माहिर नै छन्। उनी यस्तै विवादस्पद फन्डा अपनाएर चर्चामा आउने गर्छिन्।

SUBSCRIBE 👉