नायक रमेश उप्रेतीको ‘ऐश्वर्य’ मा दीपिका


नायक रमेश उप्रेतिले निर्माण गर्न लागेको चलचित्र ‘ऐश्वर्य’का लागि अभिनेत्री फाईनल भएको छ। दिवाकर भट्टराईको निर्देशन रहने चलचित्रमा दीपिका प्रसाई अभिनेत्रीका लागि पक्का भएको हो। अडिसनबाट २२ वर्षीय दीपिका फाइनल भएकी हुन्। चलचित्र भित्र उनि सुपरमोडलको रुपमा देखिनेछिन।

Deepika Prasai Aishwarya

चलचित्रमा प्रशान्त ताम्राकार र केकी अधिकारीको पनि अभिनय रहने छ। वैष्णोदेवी फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रमा अभिनेताद्धय अर्जुन श्रेष्ठ र निर्मल शर्मा पनि निर्माताको रुपमा रहनेछन्। यो चलचित्र करिव डेढ करोडको लगानीमा निर्माण हुन लागेका हो।

दिपिका प्रसाईको ग्ल्यामरस फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

भदौको अन्तिम साताबाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाँकन, अर्जुन पोखरेलको संगीत हुनेछ। चलचित्रको कथा निर्देशक दिवाकरले लेखेका हुन्।

रमेश उप्रेति अभिनित पछिल्लो चलचित्र ‘ब्रासलेट’ भदौ १७ गते बाट अल नेपाल रिलिज हुँदैछ। नायक निखिल र बिराजपछि कमव्याक गर्ने अभिनेताको रुपमा रमेशलाई उत्सुकताको नजरले हेरिदै आएको छ।

SUBSCRIBE 👉