निकिताको कुमारीत्वको राज ?


Nikita-Gokhaleप्ले बोय म्गाजिनको लागि न्यूड फोटो शुट गराएकी बलिउड मराठी मोडल तथा नायिका निकिता गोखलेले आफ्नो कुमारीत्वको बारेमा खुलेर बताएकी छिन्। उनले द टाइम्स अफ इन्डिया अनलाइन संस्करणको अन्तरवार्तामा २३ वर्षसम्म आफ्नो कुमारित्व जोगाएर राखेको दाबी गरेकी छिन्।

अहिलेको पुस्ताले १८ वर्षको उमेरमै आफ्नो कुमारित्व गुमाउने गरेको भए पनि आफु भने यस मामलामा पछाडि रहेको निकिताले बताएकी छिन्। उनले अन्तरवार्तामा कुमारित्वसँग रिलेसनसिपको बारेमा पनि राज खोलेको समाचारमा जनाईएको छ। अन्तरवार्ताका अनुसार कुनै समय उनको दिल टुटेको थियो। दिल टुटेपछि उनी बोल्डनेसमा उत्रेको थिइन्। उनले २३ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाएकी थिइन्। निकिताले भनेकी छिन् ‘जहिले कलेजको पढाई सकें, त्यहि बेलादेखि नै म एक जनासँगको सम्बन्धमा परेँ। उ मभन्दा सिनिएर थियो तर उमेरले केहि महिनामात्र जेठो। मैले जसलाई सबैभन्दा बढि माया गरेको थिएँ, पछि उसैले नै मलाई छोडेर गयो।

हालसालै उनले न्युड फोटोसेसन पनि गराएकी छिन। उनले सो न्युड फोटो प्ले बोय म्यागजिनका लागि खिचाएकी हुन्। यदि सो म्यागजिनले उनको फोटो मन पराएमा उनको फोटो म्यागजिनको आवरणमा प्रकाशित हुनेछ।

SUBSCRIBE 👉