संचिता र जीवन लुइँटेल अभिनित चलचित्र ‘राधा’को ‘आँखालाई के दोष’ भिडियो गीत


संचिता र जीवन लुइँटेल अभिनित चलचित्र ‘राधा’मा समावेश ‘आँखालाई के दोष’ बोलको गीत रिलिज भएको छ। प्रल्हाद तिमिल्सिना र मिलन अमात्यको आवाज रहेको यो गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत छ।

Sanchita-Luuitel-Nivan-Luitel

गीतमा नायक जीवन लुइटेल र नायिका संचिता लुइटेललाई फिचरिङ गरिएको छ। योगेश घिमिरेले निर्देशन गरेको चलचित्रको यो गीतमा कविराज गहतराजको कोरियोग्राफी छ।

यसअघि सार्वजनिक ‘छपक्कै फूल फूल्यो’ बोलको गीतले चर्चा पाइसकेको छ। भारतको दार्जलिङ स्थित विभिन्न रमणीय स्थानमा यो गीत छायांकन गरिएको छ। पारिवारिक कथामा यो चलचित्र निर्माण भएको निर्माणपक्षले बताएको छ।

SUBSCRIBE 👉