‘प्रेमगीत २’ निर्माण घोषणा : दोहरिदैं नायक प्रदिप खड्का, नायिकामा नयाँ अनुहार


गत वर्षको चर्चित चलचित्र ‘प्रेमगीत’को दोश्रो सिक्वेल निर्माण हुने भएको छ। निर्माता सन्तोष सेनले आफ्नो जन्मदिनको अवसर पारेर राजधानीमा आयोजित एक कार्यक्रमका विच चलचित्र निर्माणको घोषणा गरेका हुन्। हुन त उनले यस अघि नै ‘प्रेम गीत’को थाइल्याण्डमा आयोजित विशेष शो कार्यक्रममा यो चलचित्रको सिक्वेल निर्माण गर्ने घोषणा गरेका थिय।

Actor Pradip Khadka Producer Santosh Sen Nepali Movie Prem Geet-2

सोहि कार्यक्रममा निर्माण हुन लागेको चलचित्र ‘प्रेमगीत २’को निर्देशन रामशरण पाठकले गर्ने जानकारी गराईयो। चलचित्रमा संगीतकार अर्जुन पोखरेल दोहरिने छन्। त्यस्तै यो सिक्वेलमा नायक प्रदिप खड्का दोहरिने भएका छन् भने नायिका पूजा शर्मा यो सिक्वेलमा अटाइनन। निर्माता सन्तोषले नयाँ नायिकाको खोजी भईरहेको बताए। उनले भने -‘ नायिकाको लागि म्यूजिक भिडियो पनि नखेलेकी नयाँ अनुहार हामीले खोजिरहेका छौ, केही दिनमा नै फाइनल गर्नेछौ।

चलचित्रको छायांकन कार्तिक महिनाबाट थाइल्याण्ड, म्यानमार र नेपालमा गरिने बताईएको छ। बर्मा र नेपालको कथालाई ‘प्रेमगीत २’मा देखाउने सन्तोषले बताएका छन्।

चलचित्र निर्देशनकालागि रामशरण पाठकलाई ७ लाख र कथा लेखनका लागि १ लाख ७५ हजार गरि ८ लाख ७५ हजार पारिश्रमिक दीएको छ। त्यस्तै नायक प्रदिप खड्कालाई ८ लाख पारिश्रमिक दीईएको छ। यो चलचित्रका लागि प्रदिपले अन्य थुप्रै अफरहरु नकारेका कारण पनि आफूले ८ लाख पारिश्रमिक दिएको सन्तोषको भनाई छ। गतबर्ष सफल मानिएको चलचित्र ‘प्रेमगीत’बाट नायक प्रदिप खड्काले खुबै चर्चा कमाएका थिय।

SUBSCRIBE 👉