छुल्ठिमको ‘डायरी’ मा नायिका रेखा थापा भिलेन!


नायिका रेखा थापा अब खल-नायिकाको रुपमा देखिने भएकी छिन। अनिल योञ्जनले निर्देशन गर्ने चलचित्र “डाएरी” मा रेखा खल-नायिकाको रुपमा देखिन लागेकी हुन्। यसै चलचित्रबाट अभिनेत्री छुल्ठिम गुरुङ पनि निर्मात्री बनेकी छिन।

Chhulthim-Gurung-Nepali-Movie-DIARRY

चलचित्रमा रेखा थापा, छुल्ठिम गुरुङ र सन्नी सिं मुख्य भूमिकामा देखिने छन् भने राजु लामा, कुशल विष्ट, दीनेश डीसी, रुपा राना, विनोद पौडेल, पिटर तमाङ पनि अभिनय रहने छ। मुख्य भूमिकामा रहेकी रेखा थापा कार्यक्रममा उपस्थित थिईनन। चलचित्रमा छुल्ठिम र रेखाको मन-मुटाब हुने अनुमान लगाउन सकिन्छ।

Sunny-Singh-Chhulthim-Gurung-Anil-Yonjan

अभिनेत्रि तथा निर्मात्री छुल्ठिम गुरुङको भदौ २५ गते जन्मदिन परेको छ। सोहि दिन चलचित्रको सुभ साइत गरी भोलि पल्ट २६ गते बाट यो चलचित्रको छायांकन शुभारम्भ हुने छ। प्रेम र बदलाको कथामा आधारित यो चलचित्रमा मित्रता, खुशी, अमर मायाँको चित्रण गरिनेछ। चलचित्रको कथा छेतन गुरुङले लेखेका हुन्।

चलचित्रमा स्वप्निल शर्मा, इमान विक्रम शाह र मनास राजको संगीत रहनेछ। अनिल योञ्जन र छुल्ठिम गुरुङको संयुक्त लगानीमा निर्माण हुन लागेको यो चलचित्रलाई शिवराम श्रेष्ठले छायाँकन गर्ने छन् भने प्रविण श्रेष्ठले सम्पादन गर्नेछन।

Nepali-Movie-DIARRY-Poster

कार्यक्रममा बोल्दै नायिका तथा निर्मात्री छुल्ठिम गुरुङले यो चलचित्रमा आफु रोमान्टिम अनि चुलबुले गर्लको भूमिकामा देखिन लागेको बताईन। उनले यसघिका चलचित्रमा भन्दा भिन्न भूमिकामा अभिनय गर्न लागेको समेत बताइन्। यो चलचित्रम उनि “जोया” नामको पात्रको भूमिकामा देखिदै छिन्।

कार्यक्रमको भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉