‘प्रेम गीत २’ का लागी नायिका फाईनल । कस्तो होला, प्रदीप र अश्लिषाको केमिस्ट्री ?


चलचित्र ‘प्रेम गीत’ मा नायिका पुजा शर्मा संग अन-स्क्रिन रोमान्स गरेका नायक प्रदिप खड्काले दोश्रो सिक्वेलमा नव नायिका सँग रोमान्स गर्ने पक्का भएको छ। ‘प्रेम गीत २’ कोलागि चलचित्र निर्माण कम्पनि आसुसेन फिल्मस् ले २१ वर्षीय अश्लिषा ठकुरी (नयाँ अनुहार)लाई नायिकाको रुपमा फाइनल गरेको छ।

prem-geet-2-aaslisha-thakuri-and-pradeep-khadka

५ फिट ५ इन्च उचाई की अश्लिषाले सुनिल पोखरेल सँग अभिनय प्रसिक्षण पनि लिएकी छन्। सुनीलले अश्लिषालाई करव ६ महिना अघि रत्नपार्कमा आयोजना भएको ‘ईनभिजिवल थिएटर प्ले’मा विशेष रोलमा समेत अभिनय गराएका थिए। उनले तेतिबेला निकै तारिफ बटुलेकी थिइन्।

निकै लामो छलफल पछि अश्लिषा लाई ‘प्रेम गीत २ ‘ का लागि फाइनल गरिएको निर्माता सन्तोष सेनले बताए। सन्तोषले भने – ‘अश्लिषाको अभिनय क्षमताले हामि सबैलाई प्रभावित बनायो, उनको बिकल्पमा हामीले अरु कोही भेटेनौ। उनको अभिनयले ‘प्रेम गीत २’ लाइ न्याय गर्नेछ भन्ने कुरामा हामी ढुक्क छौ।

अश्लिषा ठकुरीको ग्ल्यामर फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

कार्तिक महिना बाट फ्लोरमा जाने चलचित्रलाई रामशरण पाठकले निर्देशन गर्दैछन्। थाइल्याण्ड, बर्मा र नेपालमा चलचित्रको छायाँकन गरिने बताईएको छ।

यसै विच सोसियल मिडियाहरुमा ‘प्रेम गीत’ तथा नायक प्रदिप खड्का का फ्यानहरुले विभिन्न किसिमका प्रतिक्रियाहरु दिएका छन्। कसैले प्रदिप सँग अश्लिषा को जोडी सुहाउदैन भनेका छन् भने कतिले सुहाउछ भनेका छन्। नायक प्रदिप सँग अश्लिषाको जोडी जम्ला त, प्रेम गीत २ मा ??
तपाईको विचार तलको कमेन्ट बक्समा लेख्नुहोस ।

भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉