फिटनेश र्याम्प शोमा मरिस्का र गजित


अभिनेत्री मरिस्का पोखरेल, अभिनेता गजित बिष्ट, बिस्वकै कान्छा निर्देशक सौगात बिष्टल गायत आधा दर्जन बढी कलाकर्मीले फिटनेश र्याम्पमा हिड्ने भएका छन्। ‘जुम्वाण्डु फिटनेश क्लब’ भिमसेन गोलाले आफ्नो प्रथम बार्षिक उत्सवको अवसर पारेर आयोजना गर्न लागेको ‘जुम्बा एण्ड डिजे डान्स पार्टी २०१६’ मा सेलिब्रेटी, सिनियर जुम्बा प्रशिक्षक र युवा युवती एकसाथ र्याम्पमा देखिन लागेका हुन्।

gajit-bista-mariska-pokhaarel

मानिसको स्वस्थ्यका लागी जुम्मा फिटनेशको महत्व बुझाउने उदेश्यले पहिलो पटक फिटनेश शो आयोजना गरिन लागिएको जुम्बा फिटनेशका प्रबन्धक अर्जुन रखाल मगरले बताए। मगरले थपे कार्यक्रममा बैज्ञानिक तवरले रेगुलर एक्सरसाइज गरे अस्पताल र औसधि बिना पनि स्वस्थ्य रहन सकिन्छ भन्ने सन्देश सबै माझ जानेछ।

आनन्द इभेन्ट भिमसेन गोलामा आगामी असोज ३ गते आयोजना हुने कार्यक्रममा सहभागीलाई फिटनेश ज्ञानका अलवा बिभिन्न मनोरञ्जन दिने उदेश्यले डान्स पार्टी ,वेइलकम डिक्स, बफेट डिनरलगायतका प्याकेजका कार्यक्रम समेत राखिने छन्। स्वस्थका लागी फिटनेशको महत्व आफु पनि बुझ्न र अरुलाई पनि बुझाउन फिटनेश र्याम्पमा सहभागी हुन लागेको अभिनेता गजित बिष्टले बताए।

SUBSCRIBE 👉