नेपाल चलचित्र विकास संस्थान(एनएफडीसी)ले राजधानीमा आयोजना गरेको ‘चौथो एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार २०७२’मा फिल्म ‘क्लासिक’ले चार विधामा अवार्ड पाएको छ। ‘क्लासिक’ फिल्म बाट निर्देशक दिनेश राउतले ‘‘प्रकाश’ सर्वोत्कृष्ट निर्देशक, आर्यन सिग्देलले ‘‘शिव’ सर्वोत्कृष्ट अभिनेता, नम्रता श्रेष्ठले ‘‘भुवन’ सर्वोत्कृष्ट अभिनेत्री, सुरेन्द्र पौडेलले ‘‘तुलसी’ सर्वोत्कृष्ट सम्पादक, एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ प्राप्त गरे।
अवार्ड कार्यक्रममा दिपेन्द्र के. लामिछाने निर्देशित ‘पशुपति प्रसाद’ ले ‘‘हिरा’ सर्वोत्कृष्ट चलचित्र एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ पाएको छ। यो चलचित्र बाट अभिनेता तथा फिल्मका लेखक खगेन्द्र लामिछानेले ‘‘चेतन’ सर्वोत्कृष्ट लेखन, एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ पनि प्राप्त गरे।
त्यस्तै संगीतकार अर्जुन पोखरेलले ‘‘शम्भुजित’ सर्वोत्कृष्ट संगीतकार र कोरियोग्राफर रेनेशा वान्तवा राईले ‘‘बसन्त’ सर्वोत्कृष्ट नृत्य निर्देशक एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’, एलिस कार्कीले ‘‘शुभ’ सर्वोत्कृष्ट पाश्र्व संगीत, फिल्म ‘रेशम फिलिलि’को लागि कामेश्वर चौरासियाले ‘‘नीर’ सर्वोत्कृष्ट सहअभिनेता, एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ र फिल्म ‘अधकट्टी’का लागि अशिष्मा नकर्मीले ‘‘बसुन्धरा’ सर्वोत्कृष्ट सहअभिनेत्री एनएफडी राष्ट्रिय पुरस्कार’ प्राप्त गरे।
यस्तै ‘होस्टेल रिटन्र्स’का लागि सुशिल सिटौलाले ‘‘विश्व’ नवअभिनेता अवार्ड पाउँदा फिल्म ‘ड्रिम्स’का लागि साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘‘चैत्य’ सर्वोत्कृष्ट नवअभिनेत्री एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ र यसै फिलमका लागि पुरुषोत्तम प्रधान र सञ्जय लामाले ‘‘मञ्जु’ सर्वोत्कृष्ट छाँयाकार एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार पाए।
फिल्म ‘भैरव’का लागि हिमाल केसीले ‘‘भुटानी’ सर्वोत्कृष्ट द्वन्द्व निर्देशक एनएफडीसी राष्ट्रिय पुरस्कार पाए। फिल्म ‘भैरव’कै लागि मुकेश शाहले ‘‘प्रदीप’ सर्वोत्कृष्ट ध्वनि पुनः मुद्रण एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’, फिल्म ‘वडा नम्बर ६’का लागि अञ्जु पन्तले ‘‘उदित’सर्वोत्कृष्ट पाश्र्वगायन, एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’को अवार्ड पाए।
‘‘कुसुमे रुमाल’ सर्वोत्कृष्ट व्यावसायिक चलचित्र एनएफडीसी राष्ट्रिय पुरस्कार फिल्म ‘ड्रिम्स’ले पाउँदा ‘‘मह’ जुरी, एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ नायक अनमोल केसीले र ‘‘पुष्कर’ सर्वोत्कृष्ट चलचित्र पत्रकारिता एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’ पत्रकार डा. प्रदिप भट्टराईले पाए। यी तिन विधाको पुरस्कार मनोनयन नभएका विधा हुन्। कार्यक्रम कलाकारहरुले नृत्य प्रस्तुति गर्दा रोमान्चक बनेको थियो।