निर्देशक खोज्दै नायिका रेखा थापा!


नायिका रेखा थापा अहिले निर्देशकको खोजीमा छन्। दिपावली लगत्तै नयाँ चलचित्रको सुटिङको तयारीमा रहेकी रेखा आफैं निर्देशन गर्ने सोचमा थिइन्। तर अन्तमा रेखा निर्देशन नगर्ने सोचमा पुगिन्। चलचित्रमा आफ्नै मुख्य भूमिका रहने र आफैले निर्देशनको जिम्मेवारी बहन गर्दा अभिनयमा असर पर्ला कि भन्ने चिन्ताले गर्दा रेखा निर्देशन नगर्ने मुडमा पुगेकी हुन्।

Actress Rekha Thapa

दिव्ली लगत्तै फ्लोरमा जाने भनिएको चाचित्रको नाम भने उनले खुलाईनन। लगानी, निर्माण प्रक्रिया र अभिनय सबै आफै गर्दा आफै नै धेरै थकित हुने हुँदा निर्देशनको जिम्मेवारी अरुलाईदीईयो भने आफूलाई तनाव कम हुने उनको भनाइ छ।

रेखा अभिनय गरेको ‘पलाँस’ प्रदर्शनको तयारीमा छ। सबिन श्रेष्ठले निर्माण गर्न लागेको चलचित्र ‘हिरो रिटर्न्स’का लागि सम्झौता गरेकी रेखा, चुल्ठिम गुरुङ को चलचित्र ‘डायरी’मा पनि अनुबन्ध भएकी छिन्। अन्य केही चलचित्रबाट समेत अभिनयको प्रस्ताव आइरहेको उनले बताइन्।

SUBSCRIBE 👉