सदिक्षा पाण्डेलाई मिस पोखरा २०१६ को उपाधि


मिस पोखरा २०१६ को ताज सदिक्षा पाण्डेले पहिरिन सफल भएकी छिन्। शनिबार साँझ पोखरा सभागृहमा हजारौ दर्शकमाझ सम्पन्न भएको ‘मिस पोखरा २०१६’ (आठौं संस्करण ) को अन्तिम प्रतिस्पर्धामा १० प्रतियोगीहरुलाई पछि पार्दै उनि विजेता घोसित भएकी हुन्।

miss-pokhara-2016-photo-1

‘तपाईले यो प्रतियोगितालाई गन्तव्य वा यात्रा कसरी लिनुहुन्छ ? भन्ने निर्णायक प्रश्नमा उत्कृस्ट जवाफ दिदै २१ बर्षीय सदिक्षा मुख्य उपाधी विजेता भएकी हुन्। उनले ‘प्रतियोगितालाई अवसरहरूले भरिएको यात्रा मानेकी छु र यो यात्रामा सिकेका कुराहरुलाई अंगाल्दै आफ्नो जीवनको यात्रामा अघि बढ्नेछु जुन निकै लाभदायक रहनेछ’ उत्तरले दिएकी थिइन्।

प्रतियोगितामा प्रमिशा थापा फस्र्ट रनरअप भईन भने सेकेन्ड रनरअप को उपाधि उन्नति गुरुङ भईन। पोखरा जेसिजको आयोजना तथा ईभेन्ट्स फर यु प्रालिको व्यवस्थापनमा भएको ‘मिस पोखरा–२०१६’ प्रतियोगिताको उपाधि बिजेताले नगद ५० हजारसहित डियो स्कुटर प्राप्त गरेकी छिन् साथै बिजेताले द हिडन ट्रेजरको आयोजनामा हुने मिस नेपालमा सिधै प्रवेश गर्न पाउनेछिन्।

प्रतियोगिताको फस्र्ट रनरअपले ३० हजार र सेकेण्ड रनरअपले २० हजारसहित एक/एक वटा जियोनी मोवाइल प्राप्त गरे। यसैगरी मिस पर्सनालिटी, मिस ट्यालेन्ट, मिस बेष्ट स्माइल, मिस क्याटवाक, मिस बेष्ट ड्रेस, मिस फोटोजेनिक, मिस भ्यूअर च्वाईस र मिस पपुलर टाइटल विजेताले पनि नगदसहित गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

miss-pokhara-2016-photo-2

जयन सुब्बा मानन्धरको कोरियोग्राफीमा मा सम्पन्न मिस पोखरा २०१६को अन्तिम प्रतिस्पर्धामा सदिक्षा पाण्डे, विमला गुरुङ, जिना श्रेष्ठ थापा, मनिला हिराचन, बन्दना गुरुङ, अञ्जना रामदाम, दिक्षा कोइराला, प्रश्मी थापा, श्रृतिका गुरुङ, सजनी वराल र उन्नती गुरुङ अन्तिम प्रतियोगी थिइन्।

प्रतियोगिताको निर्णायकमा बिग एफएमका अध्यक्ष एवं किंग्स ईस्टिच्युटका डाईरेक्टर महेश भण्डारी, गायिका रेखा शाह, नेपाल पर्यटन बोर्डका अधिकृत सूर्य थपलिया, रीता जोशी पालिखे, निरञ्जन श्रेष्ठ, पोखरा उपमहानगरपालिका कार्यालयका वरिष्ठ अधिकृत ओमराज पौडेल लगायत रहेका थिए। कार्यक्रमको अध्यक्षता पोखरा जेसिजका अध्यक्ष गोविन्द देवकोटा तथा संयोजन शिव सुवेदीले गरेका थिए।

सन् १९९५ बाट मिस पोखरा शुरु गरेको पोखरा जेसिजले यस वर्ष आठौं संस्करण गरेको हो। १९९५ मा शुरु भएपनि १९९९ पछि हुन नसकेको प्रतियोगिता २०१३ देखी पुनः शुरु गरिएको थियो।
तस्विरहरु : जक्सन डट कम

SUBSCRIBE 👉