प्रेम गीत -२ को शिर्ष गीतमा 1974 AD का रोहित जोन श्रेत्रीको स्वर


आसुसेन फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्र “प्रेम गीत” गत वर्षको सफल चलचित्र हो। सोहि चलचित्रको सिक्वेल निर्माण गर्ने घोषणा गरे लगत्तै चर्चामा रहेको “प्रेम गीत २” को शिर्ष गीत रेकर्ड गरिएको छ। गीतमा पपुलर रक ब्याण्ड 1974 AD का भोकलिस्ट रोहित जोन क्षेत्रीले आवाज दिएका छन्। रोहितले चलचित्रकालागी गीत रेकर्ड गरेको यो पहिलो पटक हो। उनले गाएको ‘बिस्तारै बिस्तारै…’ बोलको गीत तथा भिडियो युवा पुस्तामाझ निकै चर्चित छ।

santosh-seh-rohit-jhon-chettri-ramsaran-pathak

गीतको बोल भने सार्बजनिक गरिएको छैन। गीतमा अर्जुन पोखरेलको शव्द र संगित छ। यो गीत सुन्न श्रोता तथा दर्शकहरुले केही समय कुर्नु पर्ने छ।

चलचित्र प्रेम गीतको शिर्ष गीतबाट आयोजना गरीएको विश्वव्यापी कभर सङ प्रतियोगिताको निरन्तरता ‘प्रेम गीत–२’ को शिर्ष गीतले पनि दिने निर्माता सन्तोस सेनले बताए। उनले भने – “यो वर्ष पनि हामीले विश्वव्यापी रुपमै प्रतियोगिताको घोषणा गरि एक / एक जना महिला र पुरुष विजेता छान्ने छौ र उनीहरुलाई जनही एक/एक लाखका दरले नगद पुरस्कार प्रदान गर्छौ।” उनले थपे – साथै विजेताहरुलाई आसुसेन फिल्मसको ब्यानरबाट निर्माण हुने आगामी चलचित्रहरुको पाश्र्व गायनमा समेत मौका दिने छौ।” कभर सङ प्रतियोगिताको आधिकारिक घोषणा एक कार्यक्रमका माझ छिटृै गर्ने उनले बताए।

सन्तोस सेनको लगानीमा निर्माण हुने यो चलचित्रलाई रामशरण पाठकले निर्देशन गर्नेछन्। चलचित्रमा नायक प्रदिप खड्का दोहरिएका छन् भने नायिकामा नयाँ अनुहार अश्लेशा ठकुरी अनुबन्धित भएकी छिन्।
भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉