रहस्य बाहिरियो: प्रेमीले बेश्याबृत्ति गर्न वाध्य पारेपछि प्रत्युशाले गरिन् आत्महत्या


‘बालिका बधु’ नायिका प्रत्युषा बेनर्जीको मृत्युको विषयमा नयाँ रहश्य बाहिरिएको छ। प्रत्युषा र उनका प्रेमी राहुलराज सिंहको अन्तिम टेलिफोन कुराकानी सार्वजनिक भएपछि उनको मृत्यु हुनुमा उनकै प्रेमिको हात रहेको रहस्य खुलेको हो।

प्रत्युषाको मृत्यु भन्दा ३ मिनेट अगाडी भएको राहुल सँगको टेलिफोन कुराकानीमा उनले भनेकी छिन् ‘म मुम्बई आफैंलाई बेच्न आएकी हैन।’ यो टेलिफोन संवाद बाट राहुलले प्रत्युषालाई वेश्याबृत्ति गर्न वाध्य पारेको स्पस्ट हुन्छ।

pratyusha-rahul

उक्त कुराकानीमा उनले भनेकि थिईन् ‘म मुम्बई अभिनय गर्न आएकी थिँए। तर, तिमिले मलाई कहाँ लगेर फसायौ ?’ उनले यो पनि भनेकि छिन् ‘तिमीलाई थाह छैन। म कस्तो पीडामा छु, तिमीले मेरो नाम खराब गरिदियौ। अहिले मान्छेहरु मेरो वारेमा नराम्रो कुरा गर्न थालेका छन् मेरो बुबा आमालाई घटिया भन्दैछन्।’उनले कुराकानीको अन्तिममा भनेकि छिन् ‘राहुल अब सब कुरा खत्तम भयो अब म मर्न चाहन्छु’ जवाफमा राहुलले भनेका छन् ‘केहि नगरी बस्नु म आधाघण्टामा आईपुग्छु।’उनले भनेकि छिन्’ आधा घण्टामा सबै खत्तम भैसकेको हुन्छ’।

प्रत्युषाको शब गोरेगाउँ स्थित फ्ल्याटमा पंखामा झुण्डिएको अवस्थामा भेटिएको थियो। जहाँ उनी राहुलको साथमा लिभइन रिलेशनमा थिईन्। प्रत्युषाको परिवारले राहुलले प्रत्युषालाई धोका दिएको आरोप लगाएका छन्।

SUBSCRIBE 👉