राजेश हमाल : के यो सरकारले प्रत्यक स्तन क्यान्सर रोगीलाई ५० लाख दिने भएको हो ?


सुजाता कोइरालालाई सरकारले क्यान्सरको उपचार गराउन ५० लाख रुपैयाँ दिएपछि सर्वत्र यो विषयको आलोचना भएको छ। सामाजिक सञ्जालमा सरकारसँगै सुजाताको पनि विरोध भएको छ।

Rajesh Hamal

नेपाली चलचित्रकर्मीहरूले पनि आ–आफ्नो धारणा सार्वजनिक गरेका छन्। नायक राजेश हमालले पनि सुजातालाई ५० लाख रुपैयाँ दिने सरकारी निर्णयप्रति व्यंग्य गरेका छन्। फेसबुक स्क्रिन सट हेर्नुहोस्।

Rajesh Hamala Facebook Screen Shot

मंगलबार बिहान आफ्नो फेसबुकमा राजेशले लेखेका छन्, ‘मैले यो सुनेको सही हो कि राज्यकोषबाट ५० लाख रुपैयाँ हाम्रा देशका सबै स्तन क्यान्सर रोगीलाई दिन लागिएको हो ? गज्जब ! यस्तै नयाँ खबर शिक्षा र रोजगारीको क्षेत्रमा पनि सुन्न पाइयोस्।’ राजेश हमालले सुजाता कोइरालाको नामै उल्लेख नगरी कूटनीतिक रूपमा सरकारको निर्णयप्रति कडा प्रहार गरेका छन्।

SUBSCRIBE 👉