बोल्ड अवतारमा साम्राज्ञीराज्य लक्ष्मी शाह


नायिका झरना थापाको पहिलो निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर २’को आकर्षक तस्विरहरु सार्बजनिक गरिएका छन्। तस्विरहरु सर्नाजनिक गर्दै चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरिएको छ। सार्बजनिक तस्विरहरुमा नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहलाई बोल्ड अवतारमा देख्न सकिन्छ। चलचित्रमा उनलाई नव-नायक सलिनमान बाँनियाले साथ दिएका छन्।

एस.के. थापा प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘ए मेरो हजुर २’ चैत्र १८ गतेबाट रिलिज हुने बताईएको छ। निर्माता सुनिलकुमार थापाले चलचित्रको बजेट छायांकनसम्म आइपुग्दा नै ७५ लाख कटेको जानकारी दिएका छन्।मुस्ताङ, तिलिचो ताल लगायतका रमणिय स्थानमा चलचित्र छायांकन गरिएकाले पनि लागत बढेको उनले सुनाए। चलचित्रको नाम ‘ए मेरो हजुर २’ राखिएपनि अघिल्लो चलचित्र ‘ए मेरो हजुर’को सिक्वेल नभएको निर्माण कम्पनीले बताएको छ।

फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉