‘प्लस टु’ जेनेरेशनको कथा LOVE LOVE LOVE (भिडियो)


निर्देशक दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘लभ लभ लभ’ को टिजर रिलिज गरिएको छ। वैशाख १ गते रिलिज मिति तोकिएको चलचित्रका दुई मुख्य पात्र स्वस्तिमा खड्का र सुरज पाण्डेलाई टिजरमा फ़िचरिङ्ग गरिएको छ।

swastima-khadka

‘प्लस टु’ जेनेरेशनको कथा भन्न खोजिएको टिजरमा सुरज खड्का साइकलमा हुन्छन्, स्वस्तिमा स्कुटीमा बसेर मेकअप गरिरहेकी हुन्छिन्। सुरज बोल्छन्, स्वस्तिमा सुन्छिन् मात्रै।

टिजर हेर्नुहोस् – Nepali Movie LOVE LOVE LOVE

शर्मीला पाण्डे निर्मात्री रहेको चलचित्रमा रमेश बुढाथोकी, देशभक्त खनाल, रुपा राणा, ए. गुरुङ, आयान खड्का, गणेश मुनाल, लक्ष्मी भुषाल, शारदा गिरी, सम्झना श्रीपाली, सबिन बास्तोला, घनश्याम लामिछाने, तेज गिरी, भीम मैनाली, सिपी पौडेल लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

SUBSCRIBE 👉