बिबाह बन्धनमा बाँधिए नायक आर्यन (भिडियोसहित)


ग्ल्यामर नेपाल, काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका चर्चित चकलेटी नायक आर्यन सिग्देल आफ्नी प्रेमिका सपना भण्डारीसंग बिवाह बन्धनमा बाँधिएका छन्। हिन्दु परम्परा अनुसार उनले सपना सँग बिवाह गरेका हुन्। एमबी मा अध्यनरत २६ वर्षीय सपना सँग उनको चार वर्ष देखि प्रेम सम्बन्ध रहँदै आएको थियो। आर्यन ३२ वर्ष पुगीसकेका छन्।

aryan-sigdel-wedding-photo

Aryan Sigdel and Sapana Bhandari Wedding Photo

आर्यन ढाका टोपी सहित दौरा सुरुवालमा ठाँटिएर सपना संग बिबाह गर्न आफ्नो बासस्थान थानकोट बाट करिब ३ सय जन्ती सहित बानेश्वर स्थित एक पार्टी प्यालेसमा पुगेका थिए। सपना र आर्यन बिहेको माहोलमा निक्कै उत्साहित देखिन्थे। आर्यनले बिहेसँगै नयाँ जीवन सुरु भएको प्रतिक्रिया दिएका छन्। आर्यन र सपनाले गतबर्षको दशैमा इन्गेजमेन्ट गरेका थिए।

आर्यनले आफ्नो बिबाहको भोज भोलि दिने भएका छन्। उनले आफ्ना आफन्त, सिनेकर्मी तथा मिडियाकर्मीलाई भोलि साझ ५ बजे भोजको निम्तो दिएका छन्। आर्यन निर्माता समेत रहेको सिनेमा ‘नोभेम्बर रेन’ प्रदर्शन को लागि १ साता बाकि रहदा आर्यनले बिबाह गरेका हुन्। ‘बिबाह को उत्तम साइत यहि भएकोले बिबाह गरेको हु , अब फेरी सिनेमाकै प्रचारमा लाग्छु’ व्यस्त रहेका आर्यनले बताए।

भिडियो हेर्नुहोस

SUBSCRIBE 👉