हमालले भने – ‘जेठमा विहे पक्का’ (भिडियोसहित)


Rajesh-Hamalग्ल्यामर नेपाल, काठमाडौं । महानायक राजेश हमालको विवाहको कुरालाई ‘छेपारेको कथा’सँग दाँज्न थालिएको छ। चार दशक काटिसकेका हमालको विवाहको चर्चा उनको अभिनयको भन्दा धेरै हुन्छ। मधु भट्टराईसँग गहिरो प्रेममा रहेका हमालले विवाहको मिति पटक–पटक सारिसकेका छन्। अघिल्लो वर्षको माघमा उनको विवाह हुने कुरा सार्वजनिक भएको थिायो। त्यसपछि फागुनमा सर्‍यो। फागुनमा पनि भएन र जेठमा सर्‍यो। यद्यपी जेठमा पनि हुने/नहुने टुंगो छैन्। यहीबिचमा हमालले आफ्नो विवाह जेठ नकट्ने बताएका छन्। हालै नेपाली चलचित्रका पुराना हेयर ड्रेसर राम ठाकुरको पार्लर उद्घाटनको क्रममा उनले जेठभित्र विवाह हुने बताएका हुन्। तर जेठ १४ गते रिसेप्सन पार्टी दिने खबरको भने खण्डन गरेका छन्।

पत्रकारसँगको कुराकानीमा हमालले विवाहलाई खोला तर्ने कुरासँग दाँजेका छन्। ‘खोला कसरी तर्ने भन्ने कुरा किनारामा पुगेपछि मात्र थाहा हुन्छ,’ उनले भनेका छन्, ‘म अहिले तीव्र गतिमा किनारामा पुग्दैछु। तर तर्ने कसरी निधो भइसकेको छैन्।’ घुमाउरो पारामा उनी विवाह गर्ने मुडमा रहे पनि कहिले र कसरी गर्ने निर्णय लिइनसकेको बताउँदैथिए। तर जेठ आउन महिना दिन पनि बाँकी नरहेको र अहिलेसम्म विवाहको सुरसार केही नभएकोले विगतमा जस्तै यसपटक पनि हमालको भनाई खेर जाने सम्भावना बढिरहेको छ। उनी केही दिन अघि फिल्म ‘हँसिया’को प्रिमियरमा सहभागी हुन लण्डन पुगेका छन्।

भिडियो हेर्नुहोस

SUBSCRIBE 👉