नायिका दिया पुनलाई लिएर हेलिकप्टरमा गोरखा पुगे अभिनेता सौगात मल्ल र बुद्धि तामाङ


अभिनेता सौगात मल्ल, ‘वीर विक्रम’ डेव्यु नायिका दिया पुन र कलाका र बुद्धि तामाङ (हैट) सहित ६ जनाको टोली गोर्खा जिल्लाको सामागाउँ स्थित मनास्लु वेस क्पाम्प पुगेका छन। उनिहरू फिल्म ‘बमकाजी’ छायाँकनका लागि हेलिकप्टर रिजर्भ गरेर सोमबार ३ बजे त्यसतर्फ उडेको हो।

saugat-deeya

स्थानिय रहन सहन र संस्कृतिलाई नजिकबाट नियाल्नु पर्ने भएकाले कलाकारको टोली ‘बमकाजी’को छायाँकन सुरु हुने केहीदिन अगाडी नै मनास्लु उडेको निर्देशक खिलबहादुर गुरुङले बताए। निर्देशक गुरुङका अनुसार फिल्मको छायाँकन यही मंसिर २५ गतेदेखि सुरु हुनेछ।

परिच्छेद सेनको कथा र साम्तेन भुटियाको पटकथा तथा संवाद रहेको फिल्ममा सौगात, दिया र बुद्धि सँगै कलाकार वीरबहादुर लामा मुख्य भूमिकामा प्रस्तुत हुनेछन्। चार हजार फिटमा रहेको मनास्लु वेस क्याम्पमा ‘बमकाजी’को सम्पूर्ण छायाँकन गरिनेछ।

सुरेश कार्की, रविराज कार्की र राजेशजंग गौतमको संयुक्त लगानी रहेको फिल्म ‘बमकाजी’लाई पुरुषोत्तम प्रधानले खिच्नेछन् भने प्रोडक्सन डिजाईन बुद्धिलाल मगरले गर्दैछन्। फिल्मको छायाँकन ४५ दिनमा सक्ने लक्ष्य राखिएको छ।

SUBSCRIBE 👉