सात वर्षपछि त्रिलोक रानाको ‘वरदान’


गायक त्रिलोक राना करिव सात वर्षपछि आधुनिक गीतहरुको एकल एल्बम ‘वरदान’ मार्फत स्रोतामाझ आएको छ। अघिल्लो साता काठमाडौंमा लोकार्पण गरिएको यो एल्बममा सुनिल मास्के, सुसन लामा, भानुभक्त ढकाल, गणेश गुरुङ, सुरेश कुमार क्षेत्री, उदय शमसेर तथा शिलाबहादुर मोक्तानद्वारा संगीतबद्ध गीतहरु समावेश छन्।

trilok-rana-and-father

एल्बमका गीतहरु किशोर थापा, सुसन लामा, त्रिविक्रम पाण्डे, सुरेन्द्र राना, महेशचन्द्र गुरुङ तथा शिलाबहादुर मोक्तानले रचना गरेका हुन्। समारोहमा एल्बमको ‘काडा छोए फूल बन्छ’ गीतको म्युजिक भिडियो प्रिमियरय गरिएको थियो। भिडियोको निर्देश्ँन विशाल भण्डारीले गरेका हुन्।

SUBSCRIBE 👉