आर्यन र गजितसँग केकीको ‘पुनर्जन्म’ !


gajit-bista
ग्ल्यामर नेपाल, काठमाडौं । आर्यन सिग्देल र केकी अधिकारीको जोडीलाई तेस्रो पटक पर्दामा देख्न पाइने भएको छ। यसअगाडी ‘आइएम सरी’ र ‘महसुस’मा स्क्रिन शेयर गरेको यो जोडीले ‘पुनर्जन्म’ नामक नयाँ फिल्ममा सँगै काम गर्न लागेका हुन्। यद्यपी आर्यनसँग लिखित सम्झौता हुन बाँकी रहेको निर्मााण पक्षले जनाएको छ। तर मौखिक सहमती भने भइसकेको छ। आर्यन र केकीसँगै गजित विष्टको पनि यो फिल्ममा महत्वपूर्ण भूमिका रहनेछ। मोहनकृष्ण श्रेष्ठको लगानी रहने यस फिल्मबाट सजन श्रेष्ठ निर्देशकको रुपमा डेब्यु गर्दैछन्। मोहनले यसअगाडी ‘कन्यादान’, ‘राज’, ‘वर्षात’, ‘फुलस्टप’, र ‘वर्षात’ बनाएका थिए।

सत्य–घटनामा आधारित भनिएको ‘पुनर्जन्म’को हाल यो फिल्मको गीत रेकर्डिङको काम भइरहेको छ। फिल्ममा अहिलेका चर्चित संगीतकार बसन्त सापकोटाको संगीत सुन्न सकिन्छ। कमल राईको नृत्य निर्देशन रहने फिल्मको कथा सुदर्शन श्रेष्ठले लेखेका हुन्। मोहनसँगै ‘पुनर्जन्म’ मा भद्र बहादुर शाही र शिव प्रसाद चौलागाइँको पनि लगानी रहनेछ। फिल्मको छायाँकन वैशाखको दोस्रो साताबाट सुरु हुने र काठमाडौं, दमक, चितवनलगाएतका स्थानमा खिचिने निर्माण पक्षले जनाएको छ।

SUBSCRIBE 👉