दुई करोड लगानी गर्दै संतोष सेनले सुरूगरे ‘प्रेमगीत २’ को छाया‌ंकन


सुपर हिट फिल्म “प्रेम गीत” को सिक्वेल “प्रेमगीत-२” को सूटिंग सोमबारबाट सुरु भएको छ। फिल्मको सूटिंग पशुपती मन्दिरबाट सुरु गरिएको हो। फिल्मको निर्देशन रामशरण पाठकले गर्दै छन्। निर्देशक पाठकले ‘प्रेम गीत’ ब्रान्डलाई क्वालिटी बनाउन चुनौति छ र यसकालागि आफु प्रतिबद्ध रहेको उनले बताए।

Nepali Movie Prem Geet 2 | Actor Prafeep Khadka and Actress Aaslesha Thakuri

Nepali Movie Prem Geet 2 | Actor Prafeep Khadka and Actress Aaslesha Thakuri

दुई करोड लगानीमा निर्माण हुन लागेको यो फिल्मको छायाँकन काठमाडौं, रारा ताल र लुम्बिनी, थाइल्यान्डको पताया र बैंकक हुँदै म्यानमारको रंगुनमा हुने निर्माता सन्तोष सेनले जानकारी दिएका छन्। आशुसेन फिल्म्सको ब्यानरमा निर्माण हुने लागेको यो तेस्रो फिल्म हो। यसअघि आशुसेन फिल्म्सले ‘चंखे शंखे पंखे’ र ‘प्रेम गीत’ निर्माण गरिसकेको छ।

फिल्ममा प्रदीप खड्का, अश्लेषा ठकुरी, भुवन चन्द, श्रद्धा प्रसाइँ, कैलाश कट्वाल, राजाराम पौडेल, प्रशान्त घिमिरे, संगीता नापित, कविता रेग्मी, कुमार कार्की, मुक्तबाबु आचार्य र सौरभ क्षेत्रीको अभिनय रहनेछ। फिल्ममा रिनशा राईको नृत्य, अष्ट महर्जनको द्धन्द्ध, पुरुषोत्तम प्रधानको छायांकन रहनेछ।

SUBSCRIBE 👉