नम्रता अघि-अघि, बोई-फ्रेन्ड स्टिभन पछि-पछि


धेरैजसो नायिकाहरु आफ्नो प्रेम सम्बन्ध लुकाउँछन्, फ्यान फलोइङ घट्छ र छवि बिग्रन्छ भन्ने डरले। तर नायिका नम्रता श्रेष्ठ यस मामिलामा उदार छिन्। न यस अघि उनले प्रेम घलेसँग अफेयर हुँदा लुकाउने प्रयास गरेकी थिइन्, न अहिले दावा स्टिभन शेर्पासँगको प्रेमलाई ढोकछोप गरिरहेकी छन्। देश/विदेश घुम्दा मात्र होइन, विभिन्न फिल्मी इभेन्टमा पनि उनी स्टिभनको साथ छोड्दिनन्।

Namrata Shrestha Boy Friend - Dawa Steven Sherpa

आफ्नो नयाँ फिल्म पर्वको घोषणा कार्यक्रममा उनी स्टिभनको हात समाउँदै पुगेकी थिइन्। त्यस्तै, कामना फिल्म अवार्डमा पनि सँगै देखिएका थिए। नम्रताले उत्कृष्ट अभिनेत्रीको अवार्ड चुम्दा स्टिभनको मुहारमा मुस्कान नाचेको थियो। सार्वजनिक समारोहमा उनीहरूको बढ्दो उपस्थिति हेर्दा लाग्छ, यो जोडी प्रेममा चुर्लुम्मै डुबेको छ यतिबेला।
– नेपाल साप्ताहिक बाट

नम्रता श्रेस्ठको फोटो तथा भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस

SUBSCRIBE 👉