आईसिटी मञ्चद्धारा दिनेश डि.सी र माधव राज सम्मानित


आइसिटी पत्रकार विकास मञ्चले राजधानीमा एक कार्यक्रम गर्दै समाजका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ। पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कम्यूटर विज्ञ तथा वैज्ञानिक मुनि बहादुर शाक्य, संचारकर्मी एवं चलचित्रकर्मी दिनेश डि.सी र माधव राज खरेललाई सम्मान गरिएको हो। कार्यक्रममा समाजसेवी महेश जंग कुँवर, सविता उप्रेती, वरिष्ठ पत्रकार प्रेम कैदी, आई टि व्यवसायी दिपक मल्होत्रा लगायतलाई पनि सम्मान गरिएको थियो।

dinesh-dc

आईटिको सदुपयोग र दुरुपयोग वारेमा समेत उक्त कार्यक्रममा अन्तक्रिया समेत भएको थियो। दिनेश डि.सी., संचारकर्मी वोर्ण वहादुर कार्की, ईन्जिनियर सि.पी.भट्टराई लगायतका सहभागिहरुले फेसवुक तथा अन्य समाजिक संजालले दिएको सहजतलाई पछिल्लो समय व्यापक दुरुपयोग भएकोमा चिन्ता समेत व्यक्त गरे।

madhab-raj-kharel

कार्यक्रममा विशिष्ठ अतिथि पर्यटन राज्यमन्त्री ईन्द्र बहादुर वाँनियाले सरकारले साईवर क्राईमको विषयमा काम गरि रहेको र अव आउने दिनमा अझ शसक्त रुपमा गर्ने जानकारी गराए।

आईसिटी पत्रकार विकास मञ्चको छैठौं वार्षिकोत्सवको सभापतित्व मञ्चका संस्थापक अध्यक्ष भरतराज उप्रेतीले गरेका थिए भने कार्यक्रमलाई साधना वस्नेत र माधव राज खरेलले संयूक्त रुपमा संचालन गरेका थिए।

SUBSCRIBE 👉