निर्मात्रीका रुपमा शिल्पाको आगमन छविका लागि फलदायी होला त ?


किस्मत २ रिलिजताका निर्माता छविराज ओझा र हिरोइन शिल्पा पोखरेल अति नजिकिएको खबरले चर्चा पाएको थियो। उनीहरुले ‘परिआए विवाह गर्ने’ मार्काका अभिव्यक्ति पनि दिए। यद्यपि, कतिपयले यसलाई फिल्म चलाउने फन्डाका रुपमा व्याख्या गरे। तर, सम्बन्ध साँच्चै प्रगाढ बनेको अहिले प्रमाणित भएको छ।

Actress Shilpa Pokharel

Actress Shilpa Pokharel

किनभने, छविराज ओझा ब्यानरको हिरोइनका रुपमा सीमित रहिनन् शिल्पा, निर्मात्री पनि बनेकी छन्। फिल्म हो, मंगलम। नवल नेपालको निर्देशन रहने यस फिल्मको अफिसियल पोस्टरमा ‘शिल्पा पोखरेलको मंगलम’ लेखिएको छ। छवि र रेखाको पारपाचुके हुनु पहिले यसै गरी रेखा थापाको नाम आउँथ्यो। रेखाजस्तै निर्मात्रीका रुपमा शिल्पाको आगमन छविका लागि फलदायी होला त ?
– गोकर्ण गौतम / नेपाल साप्ताहिक

SUBSCRIBE 👉