सुस्ताएकै हुन् त नायक आर्यन सिग्देल ?


नायक आर्यन सिग्देलले फिल्म ‘क्लासिक’ बाट थुप्रै अवार्ड हात पारे। यो बर्ष उत्कृष्ट नायकको अवार्डमा आर्यन र दयाहाङ राई कै कब्जा रह्यो। तर, अब अर्कौ बर्ष आयोजना हुने फिल्म अवार्डहरुमा आर्यनको नाम नआउने पक्का जस्तै भएको छ। यो बर्ष आर्यन अभिनित कुनै पनि फिल्म रिलिज भएका छैनन्।

Aryan Sigdel Nepali Actor

चलचित्र धेरै खेलेर आलोचित भएका आर्यन यो बर्ष रिजर्भ बसे। दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, जीवन लुइटेल, सविन श्रेष्ठ लगायतका नायकहरुको फिल्म रिलिज हुँदा आर्यन यो बर्ष दर्शकमाझ आएनन्।

उनले आफ्नै ब्यानरको मात्र फिल्ममा अभिनय गर्ने बताएपछि उनि अहिले फुर्सदमा छन्। नेपाली फिल्ममा उनको माग भएपनि आर्यन फिल्म भन्दा पनि विदेश यात्रामा नै व्यस्त छन्। आफ्नै ब्यानरमा फिल्म बनाउने तयारीमा रहेका आर्यन आफ्नो तौल घटाउन नसकेपछि फिल्मको छायांकन सुरु गर्न सकेका छैनन्।

SUBSCRIBE 👉