एएनए सम्मेलनका लागि मनिषा कोइराला अमेरिका आउने


ग्ल्यामर नेपाल, अमेरिका । अमेरिकाको स्वतन्त्रता दिवस जुलाई ४ तारिखको सप्ताहमा दि एसोसिएसन अफ नेपलिज इन अमेरिका (एएनए) को ३२ औं डिसी सम्मेलनमा भाग लिन नेपाली मूलकी भारतीय अभिनेत्री मनिषा कोइराला आउने भएकी छिन्। सम्मेलनका प्रमुख संयोजक हेमन्त श्रेष्ठले नेपालीको नाम उच्च राख्ने नेपालीमूलका तथा विदेशीहरुलाई समेत सम्मान गर्ने गरेको सम्मेलनमा मनिषा आउने पक्का भएको जानकारी दिएका हुन्।

manisha-koirala

Manisha Koirala

श्रेष्ठले उदित नारायण झालाई पनि सम्मान गरिने भएकोले उनीसँग पनि कुराकानी भइरहेको बताए। सांस्कृतिक समितिका संयोजक तथा नायक सरोज खनालका अनुसार प्रतिभा प्रतियोगिता गरिनुको साथै सांस्कृतिक साँझको लागि नेपालका ख्याति प्राप्त कलाकारहरु ल्याउने प्रयास भइरहेको छ।

SUBSCRIBE 👉