फिल्म निर्माणमा नायिका निशा अधिकारी


नायिका निशा अधिकारीले जब विश्वको सर्वोच्च शिखर सगरमाथा उक्लिइन्, त्यही सेरोफेरोमा फिल्मी करिअरचाहिँ ओरालो लाग्यो। राम्रा ब्यानरले पत्याएनन्, एकाध खेलेका फिल्मले पनि बक्स अफिसमा गतिलो प्रदर्शन गर्न सकेनन्। त्यही बेला क्रिकेटर शरद भेषवाकरसँग ब्रेकअप ! अमेरिका पुगेर टाउको मुडुलो पार्नुमा यही चोटैचोटको भूमिका रहेको कतिपयको ठहर छ। खैर जे होस्, कम्तीमा निशा अरु हिरोइनझैँ अमेरिकामै पलायन भइनन्।

Nisha Adhikari

त्यहीताका प्रदर्शित लुटेराले पीडाको घाउमा मल्हम लगाइदियो। त्यसयता निशा फेरि फिल्ममा जम्ने प्रयासमा छिन्। दुई फिल्म कुम्भकर्ण र रोमियो रिलिजका क्रममा छ। आफ्नो करिअरलाई अझ मजबुत र टिकाउ बनाउन निर्माणमा पनि होमिएकी छन्। फिल्मको नाम टुंगो नलागे पनि उनको फिल्मको निर्देशकमा सिमोस सुनुवार र कलाकार सौगात मल्ल र बेनिशा हमाल लिड रोलमा पक्का भइसकेका छन्। भन्छिन्, “म अभिनय गर्दिनँ तर फिल्मको क्रिएटिभ हेडचाहिँ मै हो। अब बिस्तारै निर्देशन सम्हाल्ने योजना छ।”

SUBSCRIBE 👉