बिरेन्द्र हमालको ‘सारङ्क’ फस्टलुक पोस्टर र ट्रेलर रिलिज


फिल्म निर्माण भएको झण्डै २ बर्षपछि फिल्म ‘सारङ्क’ प्रदर्शनको लागि तयार भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माण युनिटले फिल्मको फस्ट लुक पोष्टर र ट्रेलर सार्वजनिक गरेको छ। फिल्मका निर्माता तथा निर्देशक विरेन्द्र हमालका अनुसार यो फिल्मको पहिलो प्रिमिएर सो अमेरिकामा गरिने छ।

नयाँ अनुहारका कलाकारहरुको बाहुल्यता रहेको यो फिल्ममा सपना सिंह ठकुरी, सुर्वण खड्का, आकाश श्रेष्ठ, नवराज कार्की लगायतका कलाकारहरुले अभिनय गरेका छन्। फिल्ममा सागरसिंह ठकुरीको पटकथा तथा संवाद, विष्णु बाँस्तोलाको छायाँकन, गौतम राज खड्काको सम्पादन र विरेन शाक्यको संगीत र किरण दाहालको द्धन्द्ध निर्देशन छ। *सारङ्क को अर्थ माहुरीको झुण्ड हो।

SUBSCRIBE 👉