माला सँग आइटम डान्स गर्न एकै रातमा तन्दुरुस्त निश्चल!


कलाकार र निर्देशकको रुपमा चिनिन्छन निश्चल बस्नेत । फिल्म ‘लुट’बाट निर्देशकको रुपमा चिनिएका निश्चलले ‘कबड्डी’बाट कलाकार र ‘कबड्डी कबड्डी’बाट गायकको रुपमा समेत परिचय बनाउन सफल देखिए। अव भने निश्चल आइटम डान्सरको रुपमा पनि चिनिने सम्भाबना बढेको छ। फिल्म ‘पर्व’को ‘काले काले’ बोलको आइटम गीतमा उनले हट मोडल माला लिम्बु सँग कम्मर मर्काउन समेत भ्याएका छन्।

रमाइलो कुरा त के छ भने, गत साता बिहिबार आयोजित फिल्म ‘लुट –२’को ट्रेलर रिलिज कार्यक्रममा निस्चल निकै बिरामी थिए। उपचारको लागि उनी अस्पताल भर्ना भएको समेत कार्यक्रममा जानकारी गराइयो। कार्यक्रमको अन्त्यतिर बिरामी शैलीमा उपस्थित भएका निश्चललाई फिल्मको बारेमा धेरै बोल्न र प्रश्न राख्न समेत बन्देज गरियो। तर शुक्रबार र शनिबार भने निस्चलले फिल्म ‘पर्वको आइटम गीतमा मज्जाले कम्मर मर्काए। माला लिम्बु सँग आइटम डान्स गर्न एकै रातमा बिमारी निको हुने कस्तो औषधि खाएछन् उनले ? जिज्ञाशा को बिषय बन्यो!

SUBSCRIBE 👉