डान्स फिभरको वार्षिकोत्सवमा विविध नृत्य


ग्ल्यामर नेपाल, काठमाडौं । राजधानीको मैतीदेवीमा रहेको नृत्य प्रशिक्षण केन्द्र ‘डान्स फिभर–रिदम अफ सोल’ले गत सोमबार स्थापनाको नवौं वार्षिकोत्सव मनाएको छ । पछिल्लो समयमा नेपाली फिल्ममा कोरियोग्राफी गर्न व्यस्त बनिरहेका युवा कोरियोग्राफर गम्भीर विष्ट र पछिल्लो पुस्ताका आशलाग्दा नायक गजित विष्टले सञ्चालन गरेको डान्स फिभरले अनामनगरस्थित मण्डला थिएटर विविध सांस्कृतिक कार्यक्रममार्फत वार्षिकोत्सव मनाएको हो।

dance fever (11)
चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियको प्रमुख आतिथ्यता र महासचिव सन्दिप सापकोटाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा डान्स फिभरबाट उत्पादित बच्चादेखि ६० वर्ष उमेर समूहका विद्यार्थीहरुले विभिन्न आकर्षक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा नायिका तथा रंगकर्मी निष्मा घिमिरे, गम्भीर, गजित, कलाकार राज आचार्यलगायतले जिम्बा, साल्सा, फ्रिस्टाइल, बलिउड, हिपअप, कन्टेम्पोररीसहितका विविध नृत्य देखाएर दर्शकबाट वाहवाही पाएका थिए।

कार्यक्रम हेर्नकै लागि चर्चित हाँस्यकलाकार दीपाश्री निरौला, कलाकार कविता शर्मा, निर्देशक सुब्रत आचार्यलगायत मण्डला थिएटर पुगेका थिए । संस्थाका सञ्चालक गजितले डान्स फिभरले चाँडै नै आकर्षक किसिमको कार्यक्रम गर्न लागेको जानकारी दिए । अर्का सञ्चालक गम्भीरले आफुले उत्पादन गरेका विद्याथीहरुले आम दर्शकमाझ आफ्नो प्रतिभा देखाएकोमा आफुहरु अत्यन्त खुशी भएको बताएका थिए।
कार्यक्रम को फोटो ग्यालरी हेर्नुहोस

SUBSCRIBE 👉