भुवन केसी अभिनित फिल्म ‘ब्ल्याक डायरी’ बैशाखमा रिलिज हुने


युवा पुस्ता लक्षित फिल्म ‘ब्ल्याक डायरी’ को निर्माण कार्य सकिएको छ। आगामी बैशाख महिनामा सार्बजनिक प्रदर्शन गर्ने तयारीमा रहेको फिल्म सुजन घिमिरेले निर्देशन गरेका हुन्। फिल्ममा भुवन केसी, रमेश सिंह ठकुरी, पुजा भट्ट, अभय कुँवर, बबिता घिमिरे, निकिता शाही, बाल्दिप राई लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

आधुनिक प्रबिधि र प्रस्तुतीलाई ध्यानमा राख्दै फिल्म निर्माण गरिएको फिल्म युवाहरुको पेरिफेरिमा मोटर साइकल स्टण्ड र थ्रीलरमा आधारित रहेको फिल्मका प्रस्तोता तथा पत्रकार सबिन शाक्यले बताएका छन्। क्याट भिजन प्रोडक्सन प्रा.लि.को ब्यानरमा ब्ल्याक डायरी निर्माण भएको हो। फिल्मको निर्माण अनोज अघिकारीले गरेका हुन्।

SUBSCRIBE 👉