मिलन चाम्सको फिल्म ‘ब्लाईण्ड रक्स’ मार्फत डेब्यु गर्दै बैंकर्स अनिल शाह


मेगा बैंकका सीईओ तथा नेपाल बैंकर्स एसोसियनका अध्यक्ष अनिल शाह पनि अब नेपाली फिल्मी पर्दामा देखिने भएका छन्। बैंकर्स अनिल शाहले फिल्म ‘ब्लाईण्ड रक्स’ मार्फत नेपाली फिल्मी जगतमा डेब्यु गर्न लागेका हुन्। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण हुन लागेको फिल्ममा शाहको महत्वपूर्ण भूमिका रहने छ।

निर्देशक मिलन चाम्सले यो फिल्ममा अनिल शाहलाई अनुबन्ध गरेको पुष्टि गर्दै फिल्ममा उनको सुरुदेखि अन्त्यसम्म महत्वपूर्ण भूमिका रहने बताए। दृष्टिविहिन प्रतिभावान युवती सृष्टि केसी माथि बन्न लागेको यो फिल्मको आगामी सातादेखि सुटिंग सुरु हुँदै छ। निकेश लिम्बुले निर्माण गर्न लागेको फिल्ममा नायिका बेनिशा हमालले सृष्टिको भूमिका निभाउदैछिन्। फिल्ममा गौरी मल्ल र नाजिर हुसेनको समेत अभिनय रहने छ।

बाल्यकालमै दृष्टि गुमाएकी सृष्टि अहिले उत्प्रेरणा जगाउने खालका प्रवचनमा सक्रिय छन्। ब्लाइन्ड रक्स संस्था मार्फत उनले युवाहरुलाई जीवन प्रति आशावादी तुल्याउने काम गर्दै आइरहेकी छन्।

SUBSCRIBE 👉