तीन वर्षमा तीस फिल्म अस्वीकार


narmada-govida-daughter

फिल्ममा काम गर्ने लगातार अफर आउनु कलाकारका लागि खुशीको कुरा हो। तर आएका सबै फिल्मलाई अस्वीकार गर्नु चाहिँ दुःखकै विषय हो । बलिउड अभिनेता गोविन्दाकी छोरी नर्मदा पनि अहिले यस्तै समस्यामा फसेकी छन्। अभिनयका लागि आएका करिब ३० फिल्मका प्रस्तावलाई अस्वीकार गरेपछि उनकी आमा सुनिता निकै चिन्तित बनेकी छन्।

सुनिताका अनुसार तीन वर्षमा नर्मदाले ३० फिल्मको प्रस्तावलाई अस्वीकार गरिसकेकी छन्। ‘नर्मदा लामो समयदेखि बलिउडमा आउने तयारी गरिरहेकी छ,’ सुनिताले भनिन्, ‘बितेका तीन वर्षमा ३० फिल्मको अफर अस्वीकार गरिसकेकी छन्। उनी बाबुको जस्तै कमेडी फिल्ममा काम गर्न चाहन्छिन्।’

आइफा अवार्डका लागि हाल अमेरिकामा रहेका गोविन्दा जोडी छोरीको भविष्य प्रति चिन्तित छन्। ‘मैले पनि आफ्नो नाम फिल्म क्षेत्रबाटै कमाए, छोरी पनि त्यस्तै बन्न चाहन्छिन्, तर आएका फिल्मका प्रस्ताव अस्वीकार गर्दा हामी पनि निकै दुःखी भएका छौं ।’ गोविन्दाले भनेका छन्।

SUBSCRIBE 👉