पोखरामा साम्राज्ञी सँग नाजिर र आकाशको प्रेम


साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला फिल्म ‘तिमीसँग’ को सुटिङमा व्यस्त छिन्। पोखरा वरपर भइरहेको सुटिङमा अभिनेत्री साम्राज्ञीलाई अभिनेता आकाश श्रेष्ठ र नाजिर हुसेनले साथ दिइरहेका छन्। फिल्मलाई शिशिर राणाले निर्देशन गर्दैछन्।

गत पुस २७ मा राजधानीबाट सुरु भएको फिल्मको सुटिङ घान्द्रुक, पुन हिल वरपर पनि छायाँकन गरिएको छ। त्रिकोणात्मक लभस्टोरी कथामा बनिरहेको फिल्मले नेपालको पर्यटनलाई प्रवर्द्धन गर्ने बताईएको छ।

नमन प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको यो फिल्मलाई सुशील क्षेत्री र प्रमोद कार्कीले खिचिरहेका छन् भने फिल्ममा राहुल मुखर्जीले संगीत दिएका छन्।

यी तस्विरहरु हामीले निर्देशक शिशिर राणा, साम्राज्ञी राज्यलक्ष्मी शाह, अभिनेता आकाश श्रेष्ठ र नाजिर हुसेन फेसबुक बाट साभार गरेका हौ। तस्विरहरु हेर्दा एस्तो लाग्छ यो फिल्म साम्राज्ञी र आकाशको रोमान्सले भरिपूर्ण छ।

SUBSCRIBE 👉