फिल्म ‘रंगीन’ घोषणा । दुई अभिनेतासँग निशाको रोमान्स


सुवास थापा प्रोडक्सनले आकंक्षा ईन्टरटेन्मेन्टसँगको सहकार्यमा निर्माण गर्न लागेको फिल्म ‘रंगीन’ घोषणा गरिएको छ। निर्देशक बाहेक फिल्मसँग सम्बन्धित सबै क्रियू मेम्बर समेत सार्वजनिक गरिएको छ।

राजधानीमा आयोजित एक कार्यक्रमका बीच अफस्ट्रयाक लभस्टोरी फिल्म ‘रंगीन’ घोषणा गरिएको हो। फिल्ममा अभिनेत्री निशा अशिकारीले दुई अभिनेतासँग रोमान्स गर्ने्छिन्। लिड अभिनेतामा नवराज श्रेष्ठ र बाबु भण्डारी तय भएका छन्। बाबुले यो फिल्मबाट नै नेपाली फिल्मी क्षेत्रमा डेब्यू गर्न लागेका हुन्।

किरण माईकलको कथामा बन्ने फिल्ममा को निर्देशक हुने तय भएको छैन। निर्देशककोलागी तीन महिनाको अवधी राखिएको छ। उक्त समयमा निर्देशक बन्न ईच्छुक जो कोहिले पनि निर्माण टिमसँग सम्पर्क गर्नसक्ने बताईएको छ।

जेठबाट फ्लोरमा जाने फिल्ममा जादुगरको समेत उपमा पाएका हाँस्य कलाकार महादेव त्रिपाठी र अजय श्रेष्ठ फाईनल छन् भने संगीत ताराप्रकाश लिम्बुले भर्नेछन्। शिव बिकले कोरियोग्राफी गर्ने फिल्ममा लगानीमा साझेदारी विनोद कुमार सिंहले साझेदारी गर्दैछन्। विनोद र सुवास लामो समयदेखि अन्य व्यवसायमा एकसाथ रहँदै आएका छन्। फिल्मलाई वलिउडमा समेत छायाँकनको अनुभव संगालेका नरेन सिंहले खिच्नेछन्।

SUBSCRIBE 👉