गोरी काली दुवै संग बिकाशको एस्तो छ – अनस्क्रिन रोमान्स !


अनु शाह, विकास लामिछाने र आरजु खरेललाई फिचरिङ्ग गरिएको रोमान्टिक म्युजिक भिडियो रिलिज भएको छ। भिडियोमा पत्रकारिताबाट मोडलिङ क्षेत्रमा फड्को मारेका बिकाश लामिछानेको मोडल अनु शाह र आरजु खरेल सँग अन स्क्रिन रोमान्स हेर्न सकिन्छ। राज श्रेष्ठको स्वर तथा संगीतमा तयार भएको ‘गोरी काली’ बोलको गीतको भिडियोमा तिनै जना मोडल रोमान्टिक मुडमा देखिएका छन्।

मोहनराज अधिकारीको निर्देशनमा निर्माण भएको भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने माधव वेलवासेले सम्पादन गरेका हुन्। यो भिडियो एसियन म्युजिकको यु ट्युब च्यानलबाट सार्बजनिक गरिएको हो।

SUBSCRIBE 👉