फिल्म ‘पर्व’को मुख्य कलाकारहरुको लुक्स बाहिरियो । यसरी देखिनेछन् – नम्रता र कोशिश


‘काले दाई काले’ बोलको गीत हिट भइरहदा फिल्म ‘पर्व’ले केहि तस्विरहरु पनि सार्वजनिक गरेको छ। सार्बजनिक तस्बिरहरुमा फिल्मका नायक कोशिश छेत्री सँग नायिका नम्रता श्रेष्ठ कतै आक्रामक त कतै मायालु स्वभाबमा देखिएकी छिन्।

नम्रता श्रेष्ठ, कोशिश क्षेत्री, माला लिम्बु, जेबिका कार्की लगायतको मुख्य भुमिका रहेको फिल्मका निर्माता सुवास गिरी र निकिता पौडेल हुन्। दिनेश राउतको निर्देशनमा यो फिल्म गोपिकृष्ण मुभिज र सुवास इन्टरटेन्मेन्टको सहकार्यमा बनेको हो। फिल्ममा राजेश श्रेष्ठको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, कोशिश क्षेत्रीको संगीत छ। चैत्र २५ गतेबाट प्रदर्शनमा आउंदै छ। यो फिल्मले ‘काले दाई काले’ गीत जतिको चर्चा कमाउला या न कमाउला प्रतिक्षाको बिषय बनेको छ।

SUBSCRIBE 👉