मिष्टर इन्टरनेसनलमा रोकेश तन्डुकारलाई बेस्ट नेसनल कस्ट्युम अवार्ड


‘मिष्टर इन्टरनेसनल २०१६’ मा नेपालले नेसनल कस्ट्युम अवार्ड जितेको छ। नेपालकातर्फवाट सहभागी भएका रोकेश तण्डुकारले पहिरिएको ‘लाखे’ पोशाकलाई यो अवार्ड प्रदान गरिएको हो। फेब्रुअरी १३ तारिख, थाइल्याण्डको बैंककमाआयोजित आयोजित मिष्टर इन्टरनेसनलको ११औं संस्करणको फाइनल प्रतिस्पर्धामा रोकेशले नेसनल कस्ट्युम अवार्ड हात पारेका हुन्।

३५ राष्ट्रहरुको सहभागीता हरेको कार्यक्रममा रोकेशलाई नेपालको तर्फवाट नेक्स्ट मिडियाले छनौट गर्नुका साथै उनको सहभागिताको संयोजन र व्यवस्थापन गरेको थियो।

फाइनल प्रतिस्पर्धामा लेबननकापल इस्कन्डरले मुख्य अवार्ड हात पार्न सफल भए। कार्यक्रममा पर्सनालिटी विधातर्फ उत्कृष्ट दश भित्र पर्न सफल २८ वर्षिय रोकेश तण्डुकार संगीतको प्रशिक्षण प्राप्त मल्टिमिडिया विज्ञ एबं ग्राफिक डिजाइनर पनि हुन्।

मिष्टर इन्टरनेसनल प्रतियोगिताका लागिआवश्यक तयारीका साथै अन्तर्रा्ष्ट्रिय प्रतियोगितामा सहभागिता सम्बन्धी विविध आधार भूत पक्ष र प्रस्तुतिकरणका बारेमा कोरियोग्राफर रोजिन शाक्यले प्रशिक्षण दिलाएका थिए। कार्यक्रममा प्रस्तुतगरिएको लाखे पहिरन सम्बन्धी जानकारी विजय तण्डुकारले प्रदान गरेका थिय।

नेक्स्ट मिडियाका डाइरेक्टर रिजेश तण्डुकारका अनुसार नेपालले हरेक क्षेत्रमा मौलीक पोशाकले आफ्नो परिचय दिइरहेको र यसको एउटा उदाहरण यो अवार्ड भएको जानकारी दिए। नयाँ पिंढीलाई अन्तराष्ट्रिय स्तरमाप्रतिस्पर्धा गर्न आवश्यकपूर्वाधार सहितवातावरण बनाउन सकेमा नेपालले पनिअन्तराष्ट्रिय स्तरमाप्रतिस्पर्धा गर्न सकिन्छ भन्ने नमुना दिएको नेशनल डाइरेक्टर सलुन महर्जनले बताए।

SUBSCRIBE 👉