केही फरक र सरल माया प्रेमको कथा ‘लभ लभ लभ’


‘मन पराएका लाई स्वीकार्न सजिलो छ , हाँसी हाँसी बिदा गर्न पो हिम्मत चाहिन्छ।’ नयाँ बर्ष २०७४ को पहिलो दिन अर्थात आउँदो बैशाख १ मा रिलिजको लागी तयार फिल्म ‘लभ लभ लभ’मा समावेश एक संवाद हो यो।

प्रदर्शन मिति नजिकिँदै गर्दा ‘लभ लभ लभ’ निर्माण ब्यानर सुरज सिने आर्ट्सले फिल्मको ट्रेलर सार्वजनिक गरेको छ। युट्युवमा सार्वजनिक ट्रेलरले केही फरक र सरल किसिमको माया प्रेमको कथा बोल्छ। फिल्ममा सुरज पाण्डे र स्वस्तिमा खड्का मुख्य अभिनयमा छन्। रमेश बुढाथोकी रुपा राना, सिपी पौड्याललाई पनि लिड अभिनयमा देख्न सकिन्छ।

‘लभ लभ लभ’ ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

दिपेन्द्र के खनाल फिल्मका निर्देशक हुन्।अमृत पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा शर्मिला पाण्डे फिल्मकी निर्मात्री हुन्। निरज पाण्डेले खिचेको फिल्ममा सुरेश राईको संगीत छ। फिल्ममा समावेश एक गीत यसअघि सार्वजनिक गरिसकिएको छ। प्रचारलाई तिब्रता दिन निर्माण टिमले भिन्न प्रकारका उपहार योजना समेत सार्वजनिक गर्दै पुरस्कृत गर्दै आएको छ।

SUBSCRIBE 👉