मुना गौचन भईन फेश अफ क्लासिक डायमण्ड २०१७


‘फेश अफ क्लासिक डायमण्ड २०१७’ को यात्रा फागुण १४ गते शनिबार सम्पन्न भएको छ। सानेपास्थित हेरिटेज गार्डेनमा सम्पन्न अन्तिम प्रतिस्पर्धामा मुना गौचनले वर्ष २०१७ का लागि फेश अफ क्लासिक डायमण्ड बन्ने अवसर जुराएकी हुन्। प्रतिस्पर्धामा सोनी श्रेष्ठले फस्ट रनर अप तथा सोरु बराइलीले सेकेन्ड रनर अपको अवार्ड हात पार्न सफल भए। फेश अफ क्लासिक डायमण्ड २०१७ को अवार्ड संगै मुनाले रु एक लाख बराबरको पुरस्कार हात पारेकी छिन्। जसमा नगद रु पचास हजार तथा पचास हजार बराबरको ज्वेलरी हुनेछ। मुना क्लासिक डायमण्ड ज्वेलरीका लागि ब्रान्ड एम्बेसडर समेत नियुक्त भएकी छिन्।

यसैगरी फस्ट रनर अप बनेकी सोनीले रु पचास हजार बराबरको पुरस्कार जितेकी छिन्। जसमा नगद पुरस्कार रु पच्चीस हजार तथा पच्चीस हजार बराबरको ज्वेलरी रहेको छ। सेकेन्ड रनर अप बनेकी सोरुले रु पच्चीस हजार बराबरको पुरस्कार जितेकी छिन् जसमा नगद पुरस्कार रु बाह्र हजार पाँच सय र बाह्र हजार पाँच सय बराबरको ज्वेलरी रहेको छ।

विजेता तीन जनाले क्लासिक डायमण्ड ज्वेलरीको वर्ष २०१८ को क्यालेन्डरको शोभा बढाउने छन् भने सो ज्वेलरीको टेलिभिजन विज्ञापनमा पनि मोडलिङ गर्ने छन्। सो विज्ञापन भने भारतको मुम्बईमा छायाँकन हुने बताइएको छ। यसका अलावा तीनै जना विजेताले क्लासिक डायमण्डको टाइमलेस पारागन ज्वेलरी फेसन शो २०१७ मा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। उक्त ज्वेलरी शो आगामी २८ तथा २९ अप्रिलका लागि दरबारमार्ग स्थित होटल याक एण्ड यतिमा तय गरिएको छ।

मुना गौचन को आकर्षक तस्विर ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

फेस अफ क्लासिक डायमण्ड २०१७ अन्तर्गतको अनलाइन भोटिङबाट बेष्ट ब्राइड क्लासिक भिअर्स च्वाइस अवार्ड अन्तर्गत भने मोडलद्वय पूजा श्रेष्ठ र जागृति मल्लले संयुक्त रुपमा जितेका छन्। यो अवार्ड अनलाइन भोटिङ मार्फत् चयन गरिएको हो। जसमा यस प्रतिस्पर्धाको अन्तिम १५ जनाको ब्राइडल फोटोशुट गरेपछि अन लाइन भोटिङ प्रारम्भ भएको थियो। फोटोशुट चर्चित फोटोग्राफर राजभाई सुवालले गरेका थिए। अन्तिम पन्ध्रमा मुना गौचन, सोनी श्रेष्ठ, सोरु बराइली, पूजा श्रेष्ठ र जागृति मल्ल बाहेक शिक्षा संग्रौला, जेनी महर्जन, अरुणी वाइवा, असिम रानाभाट, मनिशा हमाल, आयुष्मा सिंह, बासना तिमिल्सिना, आसिना बराल, प्रार्थना अधिकारी र सुश्मिता थापा पर्न सफल भएका थिए। यस पटकको फेश अफ क्लासिक डायमण्डका लागि काठमाडौं र पोखरामा अडिसन चरण सम्पन्न गरिएको थियो।

READ IN ENGLISH VERSION

SUBSCRIBE 👉