निखिल उप्रेतीको ‘रुद्र’ रिलिज मिति फिक्स


‘निखिल उप्रेती प्रोडक्शन’ले निर्माण गरेको फिल्म ‘रुद्र’को रिलिज मिति तय भएको छ। निर्माता समेत रहेका अभिनेता निखिल उप्रेतीसँगै निर्देशक रामजी लामिछानेले फिल्म अर्को बर्षको साउन २० मा रिलिज हुने बताए।

यसरि गरेका थिय निखिलले रुद्र को घोषणा भिडियो हेर्नुहोस्

गोपालकाजी कायस्थले ‘रुद्र’को वितरण जिम्मा लिएका छन्। यो फिल्ममा एक्सन स्टारको उपमा पाएका निखिल पहिलो पटक पर्दामा खलपात्रको रुपमा देखिँदैछन् भने उदयिमान प्रतिभाको रुपमा लिईएका विश्व र साराले यो फिल्मबाट नव अभिनेता अनि अभिनेत्रीका रुपमा रजतपटमा डेब्यू गर्दैछन्।

यी हुन् “रुद्र” डेब्यु नायिका – सारा भिडियो हेर्नुहोस्

फिल्मका निखिल, विश्व र सारासँगै रोयदिप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ, रोशन पोखरेल, शिशिर भण्डारी, अनिल पाण्डे लगायतको अभिनय छ। हिमाल केसीको द्वन्द्व रहेको फिल्ममा मुख्य सहायक निर्देशकमा रामशरण पाठक छन्। सौरभ लामाले ‘रुद्र’को क्यामेरा चलाएका छन्।

SUBSCRIBE 👉