फरहान र जुहीलाई दादा फाल्के


Farhan-and-Juhi

Farhan and Juhi

अभिनेता तथा फिल्म निर्माता फरहान अख्तर र अभिनेत्री जुही चावलालाई यस वर्षको ‘दादासाहेब फाल्के अकादमी सम्मान’ प्रदान गरिएको छ। मुम्बईको जुहुस्थित भाईदास हलमा आयोजित एक कार्यक्रममा फरहान र जुहीलाई फिल्म ‘भाग मिल्खा भाग’ र ‘गुलाब ग्याङ’का लागि सम्मान दिइएको हो।

‘म यो कुराले अधिक खुशी छु कि यो फिल्ममा मैले गरेको कामले फाल्के अकादमी पाएँ।’ फरहानले भने। कार्यक्रममा गायिका सुनिधि चौहानलाई फिल्म ‘धूम ३’को ‘कमली’ गीतका लागि पनि सम्मानित गरिएको थियो। त्यस्तै प्रख्यात अभिनेता जितेन्द्रलाई ‘दादासाहेब फाल्के रत्न अवार्ड’ प्रदान गरियो। पुरस्कृत हुनेमा लोकप्रिय धारावाहिक ‘सरस्वतीचन्द्र’मा सरसको भूमिकामा अभिनय गर्ने गौतम रोडे, ‘ये रिश्ता क्या कहलाता है’मा अप्सराको भूमिकामा अभिनय गर्ने हिना खान र चर्चित कमेडी शो ‘कमेडी विथ कपिल’का सञ्चालक कपिल शर्मा रहेका छन्।

SUBSCRIBE 👉