उमेरले पाँच दशक पार गरिसकेका भुवन केसीको रहर!


चलचित्रमा ‘हिरो’ का रूपमा प्रस्तुत हुने रहर उमेरले पाँच दशक पार गरिसकेका भुवन केसीलाई अझै पुगेको छैन। भिलेनहरुलाई दुई–चार लात र मुक्का हानेर ढाल्ने भुवनको रहर प्रदर्शन को तयारीमा रहेको चलचित्र ‘ब्ल्याक डायरी’ले पूरा गरिदिएको छ। आउँदो बैशाख महिनामा रिलिज हुने भनिएको एक्सन, हरर र सस्पेन्स शैलीको चलचित्र ‘ब्ल्याक डायरी’मा भुवन केसी प्रहरी अधिकृतको भूमिकामा छन्। चलचित्रमा भुवनले एक्सन दृश्य पनि राम्रैसँग दिएका छन्, चाहे ‘डुप्लिकेट’ कलाकार नै राखेर किन नहोस् ? भुवनको एस्तो एक्सनले दर्शकहरुलाई तताउला कि नतताउला कुन्नि ? चलचित्र रिलिज सम्म कुर्नु पर्ने देखिन्छ।

SUBSCRIBE 👉